PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

​स्क्वास लेजेण्ड हिराद्वारा सन्यास, २७ वर्षे खेलजीवनमा लगातार १७ पटक राष्ट्रिय च्याम्पिय



पहिलोपोस्ट

​स्क्वास लेजेण्ड हिराद्वारा सन्यास, २७ वर्षे खेलजीवनमा लगातार १७ पटक राष्ट्रिय च्याम्पिय

काठमाडौं : नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले शनिबार खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्। चौथो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको समापन समारोहमा हिराले २७ वर्षे खेलाडी जीवनबाट अलग हुने घोषणा गरे।

२०४६ सालमा खेलाडी जीवनमा पाइला टेकेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दुर्लभ कीर्तिमान बनाएका छन्। सन् १९९४ देखि २०१० सम्मको अवधिमा हिरा एक खेलमा पनि पराजित भएनन्। आफ्नो खेल करियरमा हिराले १७ एकल उपाधि जिते भने १ टिम इभेन्टमा स्वर्ण जितेका छन्। 

नवौंदेखि लगातार चार दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाएका हिराले नावैं सागको पुरुष टिम इभेन्टमा कांस्य जितेका थिए।

सन्यास घोषणपछि हिराले खेलाडी जीवनबाट सन्यास लिएपनि स्क्वासमा कुनैनकुनै भूमिका रहिरहने बताए। हिरा ललितपुर जिल्ला खेलकुद विकास समितिमा स्क्वास सहयाक प्रशिक्षकका रुपमा कार्यरत छन्। हिराका छोरा अमृत थापा मगर र छोरी कृष्णा थापा पनि राष्ट्रिय स्क्वास खेलाडी हुन्।

कार्यक्रममा हिरालाई जिवि मार्केटिङका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले सम्मान पत्र र नगद १ लाख रुपैयाँ प्रदान गरी अभिनन्दन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell