PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

लोकमान विरुद्धको महाभियोगका विषयमा बोल्न कांग्रेस सभापति देउवाले गरे अस्वीकार



पहिलोपोस्ट

लोकमान विरुद्धको महाभियोगका विषयमा बोल्न कांग्रेस सभापति देउवाले गरे अस्वीकार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई लगाइएको महाभियोगबारे बोल्न कांग्रेस सभपाति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।

महाभियोग अगाडि बढाउन दबाब दिन निवासमा पुगेका विद्यार्थी नेताहरुसँग देउवाले महाभियोगबारे 'आफ्नो कुनै व्यक्तिगत धारणा नरहेको' जवाफ दिए। उनले पार्टीले महाभियोगका विषयमा निर्णय लिने समेत बताए।

'पार्टी र दलको धारणा कुर्नुस्, मेरो कुनै व्यक्तिगत धारणा छैन', देउवाले भने। उनले महाभियोगबारेको जनमत हेरिरहेको समेत उल्लेख गरे।

उनले कार्कीलाइ महाभियोग लगाउने विषमया कुनै राजनीतिक छलफल नभएको समेत समेत जिकिर गरे। उनले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग समेत महाभियोगबारे कुराकानी नभएको बताए। 

फोटो : आरसी लामिछानेको फेसबुकबाट
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell