PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

​प्रधानमन्त्रीले आफ्ना सांसदलाई दिए महाभियोग प्रस्ताव अघि बढाउने निर्देशन



पहिलोपोस्ट

​प्रधानमन्त्रीले आफ्ना सांसदलाई दिए महाभियोग प्रस्ताव अघि बढाउने निर्देशन

काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सांसदहरुलाई महाभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिएका छन्। माओवादी केन्द्रको संसदीय दल बैठकमा अध्यक्ष दाहालले यस्तो निर्देशन दिएको माओवादी सांसद अग्निप्रसाद सापकोटाले बताए।

'अध्यक्षज्युले महाभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिनुभएको छ,' बैठकमा अध्यक्षको भनाइबारे जानकारी दिँदै सापकोटाले भने, 'उहाँले त्यसका लागि अन्य दलसँग सहमति जुटाउने काम पनि भइरहेको छ।' उनले सत्ता साझेदार नेपाली कांग्रेससँग कुरा भइरहेको जानकारी अध्यक्षले बैठकमा गराएको पनि बताए।

'कांग्रेस सभापति शेरहादुर देउवासँग महाभियोग अघि बढाउनेबारे सकारात्मक छलफल भइरहेको छ,' दाहालको भनाई उद्धृत गर्दै सापकोटाले भने, 'त्यसका लागि एक चरणको भेटघाट भइसकेको छ।' यता दाहालले बैठकमा जानकारी गराएको भन्दा ठिक उल्टो कुरा देउवाले गरिरहेका छन्।

देउवाले आजै बिहान विद्यार्थीहरुको ज्ञापन बुझ्दै पार्टीमा छलफल भइरहेको तर प्रधानमन्त्री दाहालसँग यसबारे कुराकानी नभएको बताएका थिए। उनले शनिबार भएको भेटमा महाभियोगको नभएर अरु नै विषयमा छलफल भएको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell