PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

​४ वर्षपछि एसी मिलानले युभेन्ट्सलाई हरायो, हारका बाबजुत युभेन्ट्स लिगको शीर्ष स्थानमा कायमै



पहिलोपोस्ट

​४ वर्षपछि एसी मिलानले युभेन्ट्सलाई हरायो, हारका बाबजुत युभेन्ट्स लिगको शीर्ष स्थानमा कायमै

एसी मिलानले करिब ४ वर्षपछि इटालियन सिरी ए मा युभेन्ट्सलाई पराजित गरेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा मिलानले शीर्ष स्थानको युभेन्ट्सलाई १-० ले पराजित गरेको हो। 

एसी मिलानलाई सन् २०१२ यता युभेन्ट्स विरुद्ध जित दिलाउन मानुएल लोकाटेलीले निर्णायक गोल गरे।

युभेन्ट्सका मिरालेम पिजानिकले फ्रिकिकमा गोल गरेपनि रेफ्रिले अफसाइड दिएपछि युभेन्ट्सले अग्रता लिने अवसर गुमाएको थियो।

६५ औं मिनेटमा १८ वर्षे लोकाटेलीले गोल गरेपछि मिलानले अग्रता बनायो र त्यसलाई कायम राख्दै सिजनको छैटौं जित निकाल्यो।

सन् २०१२ मा इटालियन सिरी ए को दोस्रो चरणको खेलमा युभेन्ट्सलाई हराए यता एसी मिलानको ९ खेलपछि यो पहिलो जित हो। लिगमा भने मिलानले युभेन्ट्स विरुद्व ७ खेलपछि पहिलो जित हात पारेको हो।

जितसँगै ९ खेलबाट १९ अंक जोडेको मिलानले शीर्ष स्थानको युभेन्ट्ससँग अंक दुरी कम गरेको छ। हारका बाजुत पनि ९ खेलबाट २१ अंक रहेको युभेन्ट्स शीर्ष स्थानमा कायमै छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell