PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

खेलाडी संघले राखेप सदस्य सचिव विष्टलाई बुझायो ज्ञापनपत्र, के के छ माग ?



पहिलोपोस्ट

खेलाडी संघले राखेप सदस्य सचिव विष्टलाई बुझायो ज्ञापनपत्र, के के छ माग ?

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखि आइतबार ज्ञापनपत्र बुझाएको छ।

खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्। ज्ञापन पत्र बुझाउन गएका समूहमा विशेष गरी विभिन्न दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता थिए।

खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता पाउनु पर्ने, बंगबन्धु गोल्डकप र साग फुटबलका स्वर्ण विजेतालाई दिने भनिएको पुरस्कार दिनु पर्ने, खेलाडीले शिक्षा, स्वास्थ्य, यातायात र विमामा सहुलियत पाउन परिषद्ले पहल गर्नु पर्ने लगायतका माग राखेको छ।

सदस्य–सचिव विष्टले सहुलियतका सम्बन्धमा सरोकार निकायसँग पहल गर्न कार्यदल बनाएर प्रकृया अगाडि बढाउने र अन्य माग पनि चाँडो भन्दो चाँडो पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell