PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​राखेप सदस्य देवकुमार अधिकारीको अध्यक्षतामा फुटसल संघ गठन, १६७ औं संघको रुपमा दर्ता



पहिलोपोस्ट

काठमाडौं : नेपाली खेल क्षेत्रमा अर्को एउटा खेल संघ बढेको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपकै सदस्य देवकुमार अधिकारीको अध्यक्षतामा १४ सदस्यीय नेपाल फुटसल संघ १६७ औं खेल संघका रुपमा राखेपमा आइतबार समेत दर्ता भएको छ।

संघको उपाध्यक्षमा कैलाश विष्ट, सन्तोष खतिवडा, नारायण महर्जन र सन्तोष पराजुली, महासचिवमा बटुकृष्ण थापा, सचिवमा असिम आचार्य र दिवस राई तथा कोषाध्यक्षमा ओमनाथ न्यौपाने रहेका छन्। 

यस्तै सदस्यमा अजित लामा, सविता महर्जन, मनसुन राई, उमेश राई र विनोद अग्रवाल छन्। यसैबीच दक्षिण एसियाली फुटसल महासंघको बैठकले अधयक्ष अधिकारीलाई उपाध्यक्षमा मनोनित गरेको फुटसल संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell