PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

भुजी लिग फुटबल : पुर्व बिजेता चोचोङको खराब प्रदर्शन



पहिलोपोस्ट

भुजी (रामेछाप) : पुर्व बिजेता चोचोङ युथ क्लबले रामेछापको भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राशिको भुजी लिग रनिङ शिल्ड फुटवल प्रतियोगितामा खराब प्रदर्शन गरेको छ। प्रतियोगिताको दोस्रो दिन आईतबार भएको खेलमा चोचोङ काठमाडौंको बेथलेहेन युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

यस अघि प्रतियोगिताअन्तर्गत शनिबार भएको आफ्नो पहिलो खेलमा पनि चोचोङले बराबरीको नतिजा आत्मसाथ गरेको थियो। चोचोङ अर्काे पुर्व बिजेता गुप्तेश्वरसँग गोलरहित बराबरीमै रोकिएको थियो। दुई बराबरीसँगै लिग कम नक आउट सिस्टममा खेलाईएको प्रतियोगितामा चोचोङले दुई अंक मात्रै जोडेको छ। 

चोचोङ २०७१ तथा गुप्तेश्वर ०७२ को बिजेता टोली हो। प्रतियोगिता अन्तर्गत आईतबारको अन्य खेलमा ओखलढुङगा खिजीको परिवर्तन युथ क्लब र रामेछापको लेशु खोला जलबिद्धुत आयोजनाले भने जित हात पारेका छन्। रस्नालुको रानी पोखरी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै परिवर्तनले बिजयी सुरुवात गरेको हो। यस्तै लेशु खोला जलबिद्युतले माईक्रो हाईड्रो भुजीलाई २–१ गोलअन्तरले पराजित गर्‌यो।

प्रितिको मिलनचोक युथ क्लब, हुपिन चुली युनाइटेड युथ क्लब, लीखुभुजी रामेछाप युथ क्लब र दुरागाऊको सृजनसिल युथ क्लबले पनि प्रतियोगितामा बिजयी सुरुवात गरेका छन्। मिलनचोक युथ क्लबले युनाईटेट रस्नालु युथ क्लबलाई, हुपिन चुलीले सुनुवार युनाइटेड युथ क्लबलाई र  सृजनसिलले लिखु भुजीलाई समान १–० गोलअन्तरले पराजित गरेको हा । 

आगामी कात्तिक १२ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २४ टोलीका सहभागीता रहेको छ। भुजी लिग फुटवलमा सर्बाधिक टोली सहभागी भएको यो पहिलो अवसर हो।

प्रतियोगिताको बिजेता टोलीले ५१ हजार पाँच सय तथा उप बिजेता टोलीले २५ हजार पाँच सय प्राप्त गर्ने छन्। यस्तै तेस्रो हुने टोलीले १३ हजार पाँच सय प्राप्त गर्नेछ। प्रतियोगिताअन्तर्गत ब्यक्तिगत बिधामा उत्कृष्ट घोषित हुने खेलाडीले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell