PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

​साउदह्याम्पटसँग बराबरीमा रोकिएपनि म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

​साउदह्याम्पटसँग बराबरीमा रोकिएपनि म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

म्यानचेष्टर सिटी पुन इंगलिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा साउदह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएपनि सिटी २० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो।

आर्सनल र लिभरपुलको पनि समान अंक भएपनि गोल अन्तरमा दुवै टोलीलाई पछि पार्दै सिटी शीर्ष स्थानमा रहेको हो।

एतिहाड स्टेडियममा १ गोलले पछि परेपनि सब्सिच्युट खेलाडी केलेची एहेनाचोले दोस्रो हाफमा गोल फर्काएपछि सिटी बराबरी गर्न सफल भएको हो।

यसअघि २७ औं मिनेटमा नाथन रेडमोण्डले गोल गर्दै भ्रमणकारी टोली साउदहयाम्पटनलाई अग्रतादिलाएका थिए। डिफेन्डर जोन स्टोन्स र गोलरक्षक क्लाडियो ब्राभोको गल्तीको फाइदा उठाउँदै उनले गोल गरेका थिए। 

३२ औं मिनेटमा सिटीका जोन स्टोन्सले गोल गरेपनि रेफ्रिले अफसाइड दिएका थिए। 

प्रिमियर लिग अन्तर्गत आइतबारै म्यानचेष्टर युनाइटेड र चेल्सी बीचको खेल हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell