PahiloPost

Dec 26, 2025 | ११ पुष २०८२

​भोलिदेखि महाभियोगबारे छलफल, सांसदले विवेक प्रयोग गर्ने सभामुखको अपेक्षा



पहिलोपोस्ट

​भोलिदेखि महाभियोगबारे छलफल, सांसदले विवेक प्रयोग गर्ने सभामुखको अपेक्षा

काठमाडौँ : सभामुख ओनसरी घर्तीले सांसदहरुले संसदमा अगाडि बढेको महाभियोग प्रस्ताव माथि विवेक प्रयोग गर्ने अपेक्षा व्यक्त गरेकी छिन्। 

महाभियोग प्रक्रियामा समर्थन र राजनीतिक दलहरुलाई दबाब अभियान सुरु गरेका विद्यार्थी संगठनहरुले दिएको ज्ञापन पत्र बुझ्दै सभामुख घर्तीले भनिन् – जनप्रतिनिधिहरुले जनताले एकैमुखले उठाएको आवाजको सम्मान गर्ने विश्वास छ। 

यद्यपि आफूले भने संसदमा विधि र प्रक्रिया मात्र अगाडि बढाउने उनले उल्लेख गरिन्। 

'संसदमा महाभियोग प्रस्ताव अगाडि बढिसकेको छ। भोलि तीन बजेदेखि छलफल छ। सांसदहरु जनताले छानेका प्रतिनिधि हुन्। उहाँहरुले विवेक प्रयोग गर्नुहुन्छ', घर्तीले भनिन्। 

ज्ञापन पत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानले कानुनको धज्जी उडाउने लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाभयोग प्रस्तावले सबै उत्साहित भएको बताए। साथै उनले विधिको शासन स्थापित गर्न महाभियोगले सहयोग गर्ने अपेक्षा व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell