PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

​नेपालको संविधान कार्यान्वयनबारे जर्मनीको चासो



पहिलोपोस्ट

​नेपालको संविधान कार्यान्वयनबारे जर्मनीको चासो

काठमाडौ : जर्मन राजदुत माथियस मायरले उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिसँग भेट गरी नेपालको संविधान कार्यन्वयनको अवस्थाका विषयमा चासो राखेका छन्।

उपप्रधान तथा गृहमन्त्रीसँगको भेटका लागि गृहमन्त्रालय पुगेका राजदुतले 'संविधान जारी भएको एक वर्षमा कार्यान्वयनको अवस्था कस्तो छ' भन्दै जिज्ञासा राखेका हुन्।

जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले नेपालको संविधान सबैलाई स्वीकार्य बनाउनेगरी संवादको प्रक्रिया चलिरहेको बताएका थिए।

'उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले संबिधान कार्यान्वयनका बिषयमा सबै दलहरुसंग संबाद भइरहेको जानकारी दिनुभयो,' प्रेस सल्लाहकार रामजी दाहालले जारी गरेको प्रेस नोटमा भनिएको छ,  'नेपालको विकासमा जर्मनीले पुर्‍याएको सहयोगका लागि धन्यवाद पनि दिनु भएको छ।'

भेटमा उपप्रधानमन्त्री निधि र राजदूत मायरबीच आपसी सहयोग र द्वीपक्षीय सम्बन्धबारे छलफल भएको प्रेस सल्लाहकार दाहालले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell