PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

काठमाडौँका सडकमा खाल्डा हुनुहुँदैन : प्रम



पहिलोपोस्ट

काठमाडौँका सडकमा खाल्डा हुनुहुँदैन : प्रम

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन दिएका छन्।

भौतिक योजना तथा निर्माण, स्थानीय विकास, उर्जा, खानेपानी, अर्थ, गृह लगायतका मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा डाकेर आज प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्। 

‘हामी सबैले काम गरेका छौं तर, हाम्रो काममा समन्वय छैन, खानेपानीले गरेको काम विद्युतलाई थाहा हुँदैन, भौतिक मन्त्रालयले गरेको काम स्थानीय विकासलाई थाहा हुँदैन,'  प्रधानमन्त्रीले निर्देशनमा भनेका छन्,  'यसरी परिणाम निकाल्न सकिँदैन। तसर्थ, एकीकृत र समन्वयात्मक रुपमा काम गरेर परिणाम निकाल्नुहोस्।’

बैठकमा प्रधानमन्त्रीले कानुनी राज्य कमजोर भएको भन्दै त्यसलाई चिर्न नयाँ संकल्प जरुरी भएको बताए। उनले भने, ‘म यसो विचार गर्छु, हामो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दवाव छ, इमान्दारहरुमाथि तरबार झुण्डिएको महशुस हुन्छ।'

उनले केही काम गर्न खोज्यो कि विभिन्न खालका अवरोध र दवाव आउने गरेको भन्दै त्यस्ता अवरोधविरुद्ध संकल्प आवश्यक हुने बताए। 'दृढ संकल्पका साथ कानुनी राज्य बलियो बनाउन लागौं, सरकार त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न तयार छ। हामीले देशलाई साक्षी राखेर केही परिणाम निकालौं' उनले भने। 

बैठकमा प्रधानमन्त्रीले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डी नराख्न, विद्युत्, खानेपानी, सडक लगायतका पूर्वाधार निर्माणमा समन्वय गरेर काम गर्न निर्देशन दिए। बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा अंगका अधिकारीहरु लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell