PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

एन्फा ​अध्यक्षमा गणेश थापाका विश्वासपात्र, उपाध्यक्षमा सालो निर्वाचित, विजयोत्सवको फोटो

एन्फा ​अध्यक्षमा गणेश थापाका विश्वासपात्र, उपाध्यक्षमा सालो निर्वाचित, विजयोत्सवको फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ औं साधारण सभाबाट चुनावमार्फत नरेन्द्र लाल श्रेष्ठलाई अध्यक्ष र मणि कुँवरलाई उपाध्यक्ष पदमा चयन गरेको छ।

सोमबार भएको निर्वाचनमा श्रेष्ठले खसेको ६७ मत मध्ये ३६ मत प्राप्त गर्दै अध्यक्षका अर्का प्रत्यासी कर्मा छिरिङ शेर्पालाई पराजित गरे। शेर्पाले ३१ मत मात्र पाए।

यस्तै तीन जनाको दाबेदारी रहेको उपाध्यक्ष पदमा कुँवरले ३४ मत प्राप्त गर्दै दिपक खाती र पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंहलाई पछि पारे।

विजयी दुवै उम्मेदवार फिफाले १० वर्ष प्रतिवन्ध लगाएका गणेश थापाका विश्वास पात्र हुन्। उपाध्यक्षमा चयन भएका मणि कुँवर थापाका आफ्नै सालो हुन्।

एकै प्यानलका दुवै उम्मेदवारले जित हात पारेपछि श्रेष्ठ पक्षले अबिरसहित विजय नारा लगाउँदै विजयउत्सव मनाएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell