PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

दिवान्स र शेशुका बने स्पोर्ट्स आइकन, विश्वमै पहिलो पटक भएको आयोजकको दाबी



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा रेक्स फेसन होमद्वारा आयोजित स्पोर्ट्स आइकन नेपाल–२०१६ को उपाधि पुरुषमा किक बक्सिङका दिवान्स श्रेष्ठ र महिलामा करातेकी शेशुका राईले जितेका छन्।

पुरुषमा किक बक्सिङका सन्जित तामाङ दोश्रो तथा किक बक्सिङका कमलराज सुनुवार तेश्रो भए। त्यस्तै महिलमा करातेकी डायना ओझा दोश्रो तथा करातेकी प्रशंसा पुन तेश्रो भए। दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले ट्रफी, पदक र प्रमाणपत्रसहित क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे।

बक्सिङका किरण गहतराज उत्कृष्ट स्विमर, किक बक्सिङकै ओजेश प्रधान मिस्टर ह्यान्डसम, तेक्वान्दोका निरकमल ठकुरी वेस्ट पर्फमेन्स, क्रिकेटका रोहित शर्मा मिस्टर क्याटवाक, शारीरिक सुगठनका सन्तोष गोल मिस्टर पंचुयालिटी तथा तेक्वान्दोका विपेश थापा मिस्टर स्मार्ट घोषित भए।

महिलातर्फ ब्याडमिन्टनकी रेस्मा गाम्बन्जार मिस ब्युटिफुल, करातेकी सरिता श्रेष्ठ मिस चार्मिङ तथा फुटबलकी करुणा श्रेष्ठ मिस वेस्ट स्माइलमा उत्कृष्ट ठहरिए। पहिलो चरणमा ६४ जना सहभागी थिए। त्यसै मध्येबाट २४ जना दोश्रो चरणलाई छनोट भएको थिए। अन्तिममा १५ जनाबीच ग्रान्ड फिनाले भएको थियो।

रेक्स फेसन होमका सीईओ कोरियोग्राफर रेक्स रन्जित, एमडी खगेश रन्जितकार तथा अफिसियल कोरियोग्राफर जयन सुब्बा मानन्धरले प्रतिस्पर्धीहरुलाई क्याट वाक, ¥याम्प वाकदेखि अन्य विधाको प्रशिक्षण गराएका थिए।

कार्यक्रमको निर्णायकमा ग्लेमर फेसन फोटोग्राफर शिवलाल श्रेष्ठ, गायक धीरज राई, गायक निर्णय श्रेष्ठ, डान्स कोरियोग्राफरद्वय अमिता छन्तेल र सियोन श्रेष्ठ, एबीसी टेलिभिजनका सुशील पाण्डे र खेलकुद प्रतिनिधि प्रतिक्षा खरेल रहेका थिए।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गरे। स्पोर्ट्स आइकन कार्यक्रम विश्वमै पहिलो पटक भएको रेक्स फेसन होमले दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell