PahiloPost

Jun 15, 2026 | १ असार २०८३

​३६ औं गभरनर्स गोल्डकप : झापा एघार फाइनलमा प्रवेश



पहिलोपोस्ट

नरेन लिम्बुले इन्जुरी टाइममा गरेको एक मात्र निर्णायक गोलको मद्वतमा नेपालको झापा एघार गान्तोक हिमालयन एफसीलाई पराजित गर्दै ३६ औं गभरनर्स गोल्डकपको फुटबलको फाइन्लमा प्रवेश गरेको छ।

सोमबार सिक्किमको पाल्जोर स्टेडयिममा भएको पहिलो सेमिफाइनलमा झापाले हिमालयन एफसीलाई १-० ले हराएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएकोपनि थप गरिएको ३ मिनेटको इन्जुरी टाइममा लिम्बुले गोल गर्दै झापालाई उपाधि नजिक पुर्याएका हुन्।

झापाले आगामी शनिबार उपाधिका लागि मोहम्मेदान स्पोर्टिङ र आक्रमक एफसी गान्तोकको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell