PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कांग्रेस आज पनि छलफलमा : धनराज र सुरेन्द्रले राखे बिना शर्त महाभियोगको पक्षमा उभिनुपर्ने मत



रमेश वाग्ले

कांग्रेस आज पनि छलफलमा : धनराज र सुरेन्द्रले राखे बिना शर्त महाभियोगको पक्षमा उभिनुपर्ने मत

काठमाडौँ : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमा संसदमा आजदेखि छलफल हुने भए पनि प्रमुख दल नेपाली कांग्रेसले के गर्ने भन्ने बारे अझै टुङ्गो लगाउन सकेको छैन। 

कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ। गत बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक हिजो २१ केन्द्रीय सदस्य बोलेपछि आज बिहान ८ बजेसम्मका लागि स्थगित भएको थियो।
 
सोमबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु धनराज गुरुङ र सुरेन्द्रराज पाण्डेले विना सर्त महाअभियोग प्रस्तावका पक्षमा उभिनुपर्ने धारणा राखे।

केन्द्रीय समितिमा अधिकांस महाअभियोगको पक्षमा रहे पनि प्रक्रिया प्रति असन्तोष जनाउँदै त्यसलाई राजनीतिक रुपमा केलाएर मात्र निर्णयमा पुग्नु पर्ने पक्षमा रहे पनि दुई जना केन्द्रीय सदस्यहरुले भने बिना सर्त महाअभियोगका पक्षमा उभिनुपर्ने धारणा राखेका हुन्। 

'अहिले कांग्रेस माओवादी केन्द्रसँगै सरकारमा रहेको छ, सत्ता गठबन्धनकै कुरा गर्ने हो भने नेतृत्व गरेको दलका सांसद्ले महाअभियोग प्रस्ताव गरेका छन्,' केन्द्रीय सदस्य गुरुङले भने, 'त्यसैले सत्ता राजनीतिको नैतिकताको कुरा गर्ने कांग्रेसले महाअभियोग प्रस्तावमा समर्थन नगर्ने हो भने भने तत्काल सरकारबाट फिर्ता हुनुपर्छ।' उनले सत्ता राजनीतिको नैतिकता अरुसँग मात्र खोज्न कांग्रेसलाई नसुहाउने बताए।
 
अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले लोकमान गलत ठाउँमा गलत व्यक्तिको छनोट भएकाले बिना शर्त उनलाई कारवाही गर्ने पक्षमा उभिनुपर्ने बताए।

'लोकमान जस्ता गलत व्यक्तिको नियुक्तिमा समर्थवन गरेर कांग्रेसले विगतमै ठुलो गल्ति गरेको छ,' पाण्डेले भने, 'त्यो गल्ति सच्याउनका लागि पनि अब कांग्रेसले यो वा त्यो नभिनकन अब महाअभियोग प्रस्तावमा समर्थन गर्नुपर्छ।' उनले कांग्रेसले अहिले समर्थन नगरेर लोकमान जोगिए भने अर्को ठूलो गल्ति कांग्रेसले गर्ने बताए। 

उनलाई अब पनि कारवाही गर्न सकिएन भने त लोकतन्त्रका लागि लड्ने र सहादत प्राप्त गर्नेहरुप्रति अपराध नैं हुन्छ' पाण्डेले भने।

यस अघि केन्द्रीय सदस्यहरु गगन थापा र विश्वप्रकाश शर्माले पनि उनीहरुले जस्तै बिना सर्त महाअभियोग प्रस्तावमा समर्थन गरेर लोकमान हटाउनुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell