
फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने बालोन डे अर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक भएको छ।
६ राउण्डमा खेलाडी सार्वजनिक गरिएको सूचिमा अवार्ड दाबेदारहरु क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेमार, गारेथ बेल, लुइस स्वोरज, गोन्जालो हिग्वेन, सर्जियो एगुएरो जस्ता खेलाडीहरु परेका छन्।
यस्तै ३० जनाको सूचिमा ४ मात्र गोलरक्षक परेका छन्। जसमा जियानलुजी बफोन, मानुएल नोए, रुई प्याट्रिसियो र ह्युगो लोरिस छन्।
यस्तै इंगल्याण्डबाट जेमी भार्डी मात्र उक्त सूचिमा अटाएका छन्
३० खेलाडीको सूचिमा अर्जेन्टिना र फ्रान्सबाट सबैभन्दा बढी समान ४ खेलाडी परेका छन् भने स्पेन, पोर्चुगल र जर्मनीबाट समान ३ खेलाडी रहेका छन्। उरुगव्ेबाट २ खेलाडी सूचिमा अटाउँदा अल्जेरिया, बेल्जियम, ब्राजिल, चिली, क्रोएसिया, इंगल्याण्ड, गाबोन, इटली, पोल्याण्ड, स्वीडेन र वेल्सबाट समान १ खेलाडी परेका छन्।
सन् १९५६ बाट फ्रान्स फुटबललले बालोन डे अर अवार्ड प्रदान गर्न थालेको थियो। तर पछल्लिा ६ संस्करणमा फ्रान्स फुटबलले विश्वको सर्वोच्च फुटबल निकाय फिफासँग मिलेर फिफा बालोन डे अर अवार्ड प्रदान गर्दै आएको थियो।
गत सेप्टेम्बरमा फिफासँग फ्रान्स फुटबल अलग भएपछि पुन बालोन डेअर अवार्ड छुट्टै प्रदान गर्न लागिएको हो। संयुक्त रुपमा प्रदान गरिएको फिफा बालोन डे अर अवार्ड मेसीले ४ तथा रोनाल्डोले २ पटक जितेका थिए।
को को परे ३० खेलाडीको सूचिमा ?