PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

लोकमान विरुद्धको महाभियोग हाम्रो विषय होइन : उपेन्द्र यादव



पहिलोपोस्ट

लोकमान विरुद्धको महाभियोग हाम्रो विषय होइन : उपेन्द्र यादव

जनकपुर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोगको कारण अझै अस्पष्ट रहेको बताएका छन्।
 
मंगलबार प्रेस फोरम धनुषाले आयोजना गरेको अन्तरक्रियामा पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष यादवले महाभियोग प्रस्ताव दर्ता गराउने दलले आफूहरुसँग कुनै छलफल नगरेकोले महाभियोग आफ्नो विषय नै नभएको बताए।

‘महाअभियोग लगाउनेहरु नै लोकमानलाई नियुक्त गरेका हुन, आखिर अहिले महाअभियोग किन लगाइँदै छ, त्यो स्पष्ट हुनुपर्यो, तर महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने त्यो आफूहरु मान्य हुँदैन’– यादवले भने।


उनले सरकार गठनका बेला भएको सहमति अनुसार छठसम्म संविधान संशोधन विधेयक नआए आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

अध्यक्ष यादवले तीन बुँदे सहमति अनुसार सरकारले आफूहरुले उठाउँदै आएको मुद्दा सम्बोधन हुने गरी संशोधन विधेयक नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।

संविधान संशोधन नभए मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिला लगायत उत्पीडनमा परेकाहरु ठूलो विद्रोह गर्ने अवस्थामा रहेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell