PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

लोकमानको महाभियोगबारे फुर्सदमा निर्णय गर्दा पनि फरक पर्दैन : मन्त्री महत



पहिलोपोस्ट

लोकमानको महाभियोगबारे फुर्सदमा निर्णय गर्दा पनि फरक पर्दैन : मन्त्री महत

काठमाडौँ : परराष्ट्रमन्त्री एवं काँग्रेस नेता प्रकाशशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय गर्ने कुनै हतारो नरहेको बताएका छन्।

नुवाकोट–काठमाण्डु पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा महतले लोकमानबारे कांग्रेसले हतारमा निर्णय नगर्ने बताए।

महतले समय आएपछि त्यस सम्बन्धमा कांग्रेसले निर्णय लिने उल्लेख गरे। यद्यपि उनले लोकमान विरुद्धको महाभियोगको पक्ष वा विपक्ष के मा निर्णय लिने भन्ने खुलाएनन्।

‘लोकमानसिंह कार्कीबारे निर्णय गर्ने दिन आइसकेको छैन। निर्णय गर्ने दिनसम्म पार्टीले निर्णय दिन्छ’, महतले भने, ‘निर्णय गर्ने दिन नआइकन हामीले भने पनि निर्णय हुँदैन। जुनबेला निर्णय गर्ने दिनआउँछ त्यस दिन निर्णय गर्छौं’, महतले भने।

महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने उनको तर्क थियो।

लोकमानसिंह कार्कीको विषयले संविधान कार्यान्यवनजस्तो महत्वपूर्ण विषय ओझेलमा पर्न नहुने उनको भनाइ थियो। महतले संविधान कार्यान्वयनमा सबै दल मिल्नुको विकल्प नरहेको उल्लेख गर्दै स्थानीय तहको संख्या निर्धारणको काम तत्काल सकेर स्थानीय निर्वाचनको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell