PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

तिहारमा फूल किन्ने होइन? ७० वर्षे हजुरबुबाको यस्तो छ व्यापार योजना, हेर्नुस फोटो

तिहारमा फूल किन्ने होइन? ७० वर्षे हजुरबुबाको यस्तो छ व्यापार योजना, हेर्नुस फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


तिहार फूलै फूलको चाड हो। घर सजाउन मात्र होइन कुकुर देखि भाइपुजा सम्मलाई नै तिहारमा फूलै चाहिन्छ। त्यसैले अहिले जताजतै फूलकै माहोल छ।
यो सिजनमा नेपाल मात्र होइन भारतबाट समेत फूल आयात हुन्छ।

राजधानीमा वरिपरिको काँठबाट पनि ठूलो परिमाणमा फूल एवं माला बिक्रीको लागि आउने गरेको छ। शहर ल्याएर बर्षेनी फूल बेच्ने मध्येका एक हुन् भक्तपुर गुन्डुका बुलु नगरकोटी। ७० बर्षमा हिँडी रहेका नगरकोटी फूल व्यापारमा लागेको ४-५ वर्ष भयो।

उनले असन र कालीमाटी ल्याएर फूल बेच्ने गरेका छन्। ठूलो परिमाणमा किन्ने आए एउटा मालाको १३ रुपैयाँसम्म लिने गरेको उनले बताए। खुद्रा किन्दा त्यहि मालाको ५०/६० रुपैयाँ पर्छ।

तिहारका लागि चाहिने माला तयार उन्न उनी वैशाख देखि नै फुलको बिउ रोप्न थाल्छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell