PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

​जुवा खेल्ने १६ जना पक्राउ, २५ लाख बरामद



पहिलोपोस्ट

काठमाडौं : ठुलो मात्रमा धनमालको खाल थापी जुवा खेल्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले सोमवार राति १६ जनालाई पक्राउ गरेको हो। 

नक्साल भगवतीबहातस्थित होटल गणपतिको पहिलो तलाको कोठा नम्बर १०५ मा जुवा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालीका ४ कपन वस्ने ३३ बर्षिय राजकुमार अधिकारी सहित १६ जना छन्। उनीहरुको साथबाट प्रहरीले २५ लाख ६४ हजार १ सय रुपैया र १६ थान कौडासमेत बरामत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell