PahiloPost

Jun 15, 2026 | १ असार २०८३

संसदमा लोकमानविरुद्ध महाभियोग प्रस्तावमा छलफल सुरु



पहिलोपोस्ट

संसदमा लोकमानविरुद्ध महाभियोग प्रस्तावमा छलफल सुरु

काठमाडौँ : अख्तियार प्रमुख लोकमानसि‌ह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावमा आजदेखि छलफल सुरु भएको छ। 

आज अपराह्न ३ बजे बसेको संसदको बैठकमा महाभियोग प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रस्ताव पेश गर्दै उनलाई महाभियोग लगाउनु पर्ने कारण प्रष्ट पारे। 

प्रस्तावको समर्थन एमालेका भानुभक्त ढकालले गरेपछि संसदमा यसबारे छलफल भएको हो। छलफल सकिएपछि यो प्रस्ताव महाभियोग सिफारिश समितिमा जान्छ।

समितिले छानबिन गरी सिफारिशसहितको प्रतिवेदन एक महिनाभित्र प्रस्तुत गर्नुपर्ने प्रावधान छ। समितिले महाभियोग लगाउनु पर्ने प्रतिवेदन सिफारिश गर्‍यो भने संसद मतविभाजनमार्फत् यसको निर्णय हुनेछ। दुई तिहाई मतले यसमा समर्थन जनाए लोकमानलाई महाभियोग लागेर स्वतः पदमुक्त हुनेछन्।  





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell