PahiloPost

Dec 26, 2025 | ११ पुष २०८२

नेपाली खेलकुदको विकासका लागि गुरुयोजनाको खाँचो - खेलकुदमन्त्री श्रीपाली



पहिलोपोस्ट

नेपाली खेलकुदको विकासका लागि गुरुयोजनाको खाँचो - खेलकुदमन्त्री श्रीपाली

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले आफू नेपाली खेलकुद विकासको लागि गुरुयोजनाको खोजीमा रहेको बताएका छन्।

नेपाल भ्रमणमा रहेका विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष चुङवोन चोईको सम्मान तथा आसन्न शुभदीपावली र छठपर्वको शुभकामना आदानप्रदान गर्न आज आयोजित कार्यक्रममा उनले भने, 'नेपाली खेलकुदमा नीतिगत परिवर्तन, व्यावहारिक कार्ययोजना र समग्र गुरुयोजनाको खाँचो छ, हामी त्यस दिशामा अघि बढिरहेका छौँ।'

नेपाल तेक्वान्दो सङ्घले आयोजना गरेको कार्यक्रममा अध्यक्ष चोईले नेपाली तेक्वान्दोले एसियाली खेदकुदमा पदक ल्याउने आशा व्यक्त गर्दै यहाँको तेक्वान्दो विकासमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शमशेर राणाले अध्यक्ष चोईले ओलम्पिक, पारा ओलम्पिकलगायतका ठूला खेलकुद प्रतियोगितामा तेक्वान्दो खेललाई स्थापित गराउन योगदान पुर्‌याएको र त्यसले नेपाली तेक्वान्दोलाई पनि फाइदा पुगेको चर्चा गरे।

दक्षिण कोरियाली नागरिक रहेका अध्यक्ष चोई नेपाली तेक्वान्दोलाई सहयोग गर्नका लागि पाँच दिनअघि नेपाल अएका हुन्।

यसअघि गतवर्ष पनि नेपाल आएका उनले यहाँका तेक्वान्दोसँग सम्बन्धित भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको तेक्वान्दो सङ्घले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell