PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

​पाकिस्तानको क्वेट्टामा भएको अट्याकमा करिब ६० जनाको मृत्यु



पहिलोपोस्ट

​पाकिस्तानको क्वेट्टामा भएको अट्याकमा करिब ६० जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रशान्तको कवेट्टा शहरस्थित पुलिस एकेडेमीमा मंगलबार भएको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको पाकिस्तानी अफिसियलले जनाएका छन्। 

मारिनेमा अधिकांश पुलिस क्याडेट र गार्ड रहेका छन्। द लस्कर ई जान्ग्भी (लेज)ले आक्रमणको जिम्मेवारी आफुहरुले दिने दाबी गरेको छ।

घटनापछि बलुचिस्तान प्रान्तको सबै सरकारी हस्पिटलहरुमा इमर्जेन्सि घोषणा गरिएको छ। 

ट्रेइनिङ एकेडेमीमा क्याडेटहरु बस्ने र सुत्ने स्थानमा मंगलबार करिब ६ जनाको संख्यामा हरेको व्यक्तिहरुले आक्रमण गरेको बलुचिस्तानका गृहमन्त्री मिर सफ्राज अहेमद बुग्टीले बताए।
मन्त्री बुग्टीका अनुसार आक्रमण करिब सय जना घाइते भएको छ। केही क्याडेटहरु गम्भिर घाइते भएका कारण मृत्यु हुनेको संखया बढ्न सक्ने बताइएको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell