PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

चीनको सान्सीमा भएको विस्फोटमा १४ को मृत्यु, १४७ घाइते



पहिलोपोस्ट

चीनको सान्सीमा भएको विस्फोटमा १४ को मृत्यु, १४७ घाइते

चीन : चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने सान्सीमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी १४ को मृत्यु भएको छ भने, १४७ जना घाइते भएका छन्।

फुगु राज्यको छिङमिन शहरमा निर्माणाधिन घरहरुलाई लक्ष्यगरी स्थानीय समयअनुसार मध्याह्न २ बजे सो विस्फोट भएको थियो।
घाइतेहरु मध्ये १०६ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ४१ जना उपचारपछि घर फर्किएको मङ्गलबार जनाइएको छ। मङ्गलबार बिहान मात्रै उद्धार कार्य सकिएको थियो।

आवासका लागि घर बनाईरहेका ठाउँमा बम विस्फोट भएको हो। विस्फोटबाट ५८ वटा घर र ६३ वटा कार ध्वस्त भएको छ। ती घरहरु स्थानीय गाँउलेहरुले नै बनाएका थिए।
घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell