PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

विदेश पठाइदिने भन्दै ठगी गरेर फरार भएकी महिला पक्राउ



पहिलोपोस्ट

विदेश पठाइदिने भन्दै ठगी गरेर फरार भएकी महिला पक्राउ

काठमाडौं : विभिन्न व्यक्तिलाई विदेश लगिदिने भन्दै मोटो रकम असुल गरी फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सुनसरी जिल्ला धरान नगपालिका वडा नम्वर १३ बस्ने ३६ वर्षकी रिता आलेलाई धरानबाट पक्राउ गरेको हो। 

आलेले विभिन्न २० जनालाई रोजगारीको लागि सिगापुर, मलेसिया लगायतका देशमा पठाइदिन्छु भन्दै लाखौ ठगी गरेको खुलेको छ। 

काठमाडौ जिल्ला अदालतले २०६५ साल भदौ ४ गते ठगी मुद्दामा २ वर्ष कैद र ४५ लाख एक हजार ५ सय जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजु भई उनी हालसम्म फरार थिइन्। पक्राउ परेकी आलेलाई प्रहरीले कैद भुक्तानको लागि महिला बन्दीगृह कारागार विराटनगर पठाएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell