
काठमाडौं : नोभेम्वर २ देखि मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा घोषणा गरिएको टोलीमा ३ गोलरक्षक, ८ डिफेन्डर र समान ६ मिडफिल्डर र फरवार्ड रहेका छन्।
प्रारम्भिक छनोटमा कुल ३० खेलाडी रहेकोमा चोटका कारण यसअघि नै प्रकाश बुढाथोकी र विकास तामाङ टीमबाट बाहिरिसकेका थिए। बाँकी रहेको २८ खेलाडीबाट अन्तिम टोलीको छनोट गरिएको हो।
प्रारम्भिक टोलीमा रहेका गोलरक्षक एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की र सुनिल बाल भने अन्तिम टोलीमा अटाएनन्।
यस्तै मिडफिल्डरद्वय सुजल श्रेष्ठ र राजेन्द्र रावलले राष्ट्रिय टीममा कमब्याक गरेका छन्।
७ टीम सम्मिलित सोलिडारिटी कपमा नेपाल टिमोर लिस्टे र ब्रनाई दारुसेलमसँगै समूह ए मा छ। नेपालले नोभेम्वर ५ मा टिमोर लिस्टेसँग पहिलो खेल खेल्नेछ भने नोभेम्वर ८ मा ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ।
एएफसी सोलिडारिटी कप खेल्ने नेपाली टोलीमा परेका खेलाडीहरु
गोलरक्षक : विकेश कुथु, किरण चेम्जोङ, विशाल श्रेष्ठ
डिफेन्डर : रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दिपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल
मिडफिल्डर : विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल
फरवार्ड : विमल घर्ती मगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुमन लामा, भरत खवास
मुख्य प्रशिक्षक : गोतुकु कोजी
प्रशिक्षक : राजुकाजी शाक्य
गोलकिपिङ प्रशिक्षक : उज्वल मानन्धर