
संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्व महाभियोग प्रस्तावमाथि छलफल जारी रहेको बेला बेलायत भ्रमणमा रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापा भने बेलायतमा टेनिस खेल्नमा व्यस्त छन्।
भ्रमणमा क्रममा रहेका राप्रपा अध्यक्ष थापा बोल्टनमा भएको नर्थवेष्ट इन्डोर टेनिस टुर्नामेन्टमा उपविजेता बनेका छन्।
बोल्टन एरेनामा भएको फाइनलमा थापा मार्क कोनेलीसँग ६-१ र ६-० को सोटो सेटमा पराजित भएका हुन्।
यसअघि सेमिफाइनमा डेरेक अलावेलाई ६-० र ६-१ को साझो सेटमा पराजित गरेका थिए। खेलपछि ट्वीट गर्दै थापाले राम्रो खेल्न नसकेको समेत स्वीकारेका छन्।
पहिलो चरणमा थापाले बेलायतकै निल पियरसनलाई ६-१ र ६-१ सेटमा पराजित गरेका थिए भने क्वाटरफाइनलमा एलिस्टर पेलसलाई ६-३ र ६-३ को सेटमा हराएका थिए।
गत बुधबार थापा व्यक्तिगत भ्रमणका लागि भन्दै बेलायत गएका थिए।