PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

​विश्व तेक्वान्दो महासंघका अध्यक्ष चो सम्मानित



पहिलोपोस्ट

​विश्व तेक्वान्दो महासंघका अध्यक्ष चो सम्मानित

काठमाडौं : तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन्।

पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पुर्‌याएको योगदानको कदर गर्दै नेपाल तेक्वान्दो संघले सम्मान गरेको हो। चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले अभिनन्दन पत्र प्रदान गरे भने सिचाईं मन्त्री दीपक गिरीले दोसल्ला र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला लगाइ एक कार्यक्रमबीच सम्मान गरे।

कार्यक्रममा चोले आफ्नो पहिलो नेपाल भ्रमणको स्मरण गर्दै यो अन्तिम भ्रमण नभएको बताए, ‘म आठ महिना अगाडि नेपालको विभिन्न स्थानका भूकम्प पीडितलाई राहत वितरण गर्न पहिलो पटक नेपाल आएको थिए। मेरो यो दोश्रो नेपाल भ्रमण हो। तर अन्तिम भने होइन।’

उनले नेपाली तेक्वान्दो खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको बताउँदै नेपाल बलियो रहेको पारा तेक्वान्दो टोकियो ओलम्पिकमा समावेश हुने बताए। चोले तेक्वान्दो कोरियाबाट सुरु भएपनि २०६ राष्ट्रमा तेक्वान्दो फैलिसकेको बताउँदै तेक्वान्दोले युवाहरुलाई आशा र सपना बुन्न सहयोग गर्ने बताए। चोले ओलम्पिकमा नेपालले कुनै दिन पदक जित्ने विश्वास व्यक्त गर्दै नेपाली तेक्वान्दोको विकासमा डब्लुटीएले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

खेलकुद मन्त्री श्रीपालीले डब्लुटीए अध्यक्षलाई आफ्नो हातबाट सम्मान गर्न पाउनु शुभअवसर भएको बताउँदै चोको नेतृत्वमा आएको टोलीले नेपाली भूकम्प पीडितलाई गरेको सहयोगप्रति आभार प्रकट अवस्मरणीय कार्यको प्रशंसा गरे।

पाँचदिने नेपाल भ्रमणका क्रममा चोले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुका साथै होटल सोल्टीमा शनिबार भएको ग्लोबल कमन सोसाइटी इन्टरनेसनल नामक गैरसरकारी संस्थाको साधारणसभालगायतका कार्यक्रममा सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell