PahiloPost

Jun 15, 2026 | १ असार २०८३

​पाकिस्तानमा गोल्ड मेडल जितेको नेपाली ब्याडमिन्टन टोली स्वदेश फर्कियो



पहिलोपोस्ट

​पाकिस्तानमा गोल्ड मेडल जितेको नेपाली ब्याडमिन्टन टोली स्वदेश फर्कियो

काठमाडौं : पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा मिक्स डबलसतर्फ स्वर्ण पदक जितेता दिदी भाइ नङशल तामाङ र रत्नजितसहितको ७ सदस्यीय नेपाली टोली बुधबार स्वदेश फर्किएको छ।

शुक्रबार सम्पन्न प्रतियोगिताको मिक्स डबल्स फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित नेपाली ब्याडमिन्टनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाएका थिए।

यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेपनि नेपाली खेलाडीले स्वर्ण नै जितेको यो पहिलो अवसर हो।

टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुवास श्रेष्ठ र पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेका थिए। 

स्वागतपछि टोलीलाई गाडीमा राखि नगरपरिक्रमा समेत गराइएको थियो। नगरपरिक्रमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा आएर कार्यक्रममा परिणत भएको थियो।

नेपाली टोलीमा किरण थापाले प्रशिक्षक तथा ब्याडमिन्टन संघका सदस्य राजु थापाले व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell