काठमाडौं : रेडबुल फुटसल लिग अन्तर्गत मंगलबार भएको खेलमा ह्वाइट हर्स फुटसलले जित हासिल गरेको छ भने शंखमुल र हरिसिद्धि फुटसलले बराबरी खेलेका छन्।
समूह एको खेलमा ह्वाइट हर्स फुटसलले ढुकु फुटसल हव महाराजगञ्जलाई उसैको होम ग्राउन्डमा ३–२ गोल अन्तरले हरायो। ह्वाइट हर्सका लागि मनोज प्रजापति, नितेश महर्जन र म्यान अफ द म्याच बनेका रितेश लामाले गोल गरे। ढुकुका लागि अविल हमिदले दुई गोल गरे पनि जितका लागि पर्याप्त भएन।
।
लिग अन्तर्गत समूह ए मा ४ खेल खेलेको ह्वाइट हर्सले ७ अंक जोडेको छ भने समान खेल खेलेको ढुकुको ६ अंक रहेको छ।
समूह बी को खेलमा शंखमुल र हरिसिद्धि फुटसलले ४–४ को बराबरी खेलेका छन्। होम ग्राउन्डमा भएको खेलमा शंखमुलका अभय राणाले २ गोल गरे भने शेरबहादुर थापा र विप्लवध्वज शाहल १ १ गोल गरे। हरिसिद्धिका रैफी महर्जन र लालबहादुर तामाङले २÷२ गोल गरे। हरिसिद्धिका गोलकिपर निरज महर्जन म्यान अफ द म्याच घोषित भए।
समूह बी मा ४ खेल खेलेका दुबै टोलीले समान ७ अंक बटुलेका छन्। समान अंक भएपनि गोल अन्तरका आधारमा शंखमुल अगाडि छ। ४ खेलबाट १२ अंक जोडेको किकअफ समूह बी को शीर्ष स्थानमा छ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ।