PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

​रोनाल्डोले जित्न नसकेको 'गोल्डेन ब्वाए' अवार्ड पोर्चुगलका रेनाटोले सान्चेजले जिते



पहिलोपोस्ट

​रोनाल्डोले जित्न नसकेको 'गोल्डेन ब्वाए' अवार्ड पोर्चुगलका रेनाटोले सान्चेजले जिते

पोर्चुगलका रेनाटो सान्चेजले सन् २०१६ को युरोपियन गोल्डेन ब्वाएको अवार्ड जितेका छन्। 

यसअघि लियोनल मेससी, सर्जियो अगुएरो जस्ता अहिलेका चर्चित खेलाडीले जितेको उक्त अवार्ड क्रिस्टियानो रोनाल्डोले भने जित्न सकेका थिएनन्। तर पोर्चुगलकै सान्चेज उक्त अवार्ड जित्न सफल रहे।

२१ वर्ष मुनीका खेलाडीलाई प्रदान गरिने उक्त अवार्ड युरोपका ३० वटा मिडियाका पत्रकारहरुले गरेको मतका आधारमा विजेता छनोट गरिन्छ।

१९ वर्षे सान्चेजले अवार्ड जित्ने क्रममा म्यानचेष्टर युनाइटेडका मार्कुस रासफोर्ड, एसि मिलानका युवा गोलरक्षक जियानलुजी डोनारुम्बालाई पछि पारे।

सन् २००३ बाट युरोपियन गोल्डेन ब्वाए अवार्ड प्रदान गर्न सुरु गरिएको थियो।

यी हुन् अहिलेसम्मका विजेता




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell