
ड्यानियल स्टुरिज र एलेक्स च्याम्बरलाइनले उत्कृष्ट प्रदर्शन गरेपछि प्रिमियर लिग क्लबद्वय लिभरपुल र आर्सनल इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गर्दा प्रिमियर लिगमा यस सिजन अपराजित रहेको टोटनहम हट्सपर बाहिरिएको छ।
गएराती भएको खेलमा स्टुरिज प्रेरित लिभरपुलले टोटनहमलाई २-१ गोल अन्तरले हरायो। नवौ मिनेटमै स्टुरिजले व्यक्तिगत पहिलो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। हरेलु मैदानन एनफिल्डमा स्टुरिजले दोस्रो हाफमा पनि गोल गरेपछि लिभरपुलले ६४ औं मिनेटमा अग्रता दोब्बर पार्यो।
२ गोलले पछि परेको अवस्थमा ७६ औं मिनेटमा टोटनहमका लागि भिनसेन्ट जानसेनले पेनाल्टीमार्फत एक गोल फर्काएपनि हार टार्न पर्याप्त रहेन।
यस्तै अर्को खेलमा एलेक्स ओलेइड चयाम्बरलाइनले २ गोल गरेपछि आर्सनलले च्याम्पियनसिप क्लब रिडिङलाई २-० ले हरायो।
आर्सनलका व्यवस्थापक आर्सन वेंगरले अधिकांश दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेपनि च्याम्बरलाइनले दुवै हाफमा १/१ गोल गर्द टीमलाई जिताए। उनले ३४ औं र ७८ औं मिनेटमा गोल गरे।
प्रिमियर लिगमा मिडल्स्ब्रोसँग गोलरहित बराबरी खेलेको आर्सनल टीममा वेंगरले मिडफिल्डरद्वय मोहम एल्ने र एलेक्स एओवी बाहेक ९ खेलाडी परिवर्तन गरेका थिए।
यस्तै प्रिमियर लिगै हल सिटी च्याम्पियनसिप क्लब ब्रिस्टोली सिटीलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। हलको जितमा ह्यारी मिगुएरे माइकल डावनसनले १/१ गोल गरे। पराजित ब्रिस्टोलका लागि खेलको अन्त्यतिर लि टोमलिनले सान्त्वना गोल फर्काए।
अर्को खेलमा च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको न्युकासल युनाइटेडले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको च्याम्पियनसिपकै प्रेस्टन नर्थ एण्डलाई ६-० ले हरायो। न्युकासलको जितमा एलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरे। २५ औं मिनेटमा प्रेस्टनका एलान ब्रोनलले सिधै रातो कार्डको सामना गरेपछि त्यसैको फाइदामा न्युकासलले ५ गोल थपेको हो। न्युकासलको फराकिलो जितमा मोहमद डिएन, माट रिची र आयोज पेरेजले १/१ गोल गरे।
यता पेनाल्टी सुटआउटमा नर्विचलाई ३-२ ले पराजित गर्दै लिड्स युनँइटेड पनि कवाटरफाइनमा प्रवेश गरेको छ। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल६ी सुटआउटबाट भएको हो।