PahiloPost

Jun 15, 2026 | १ असार २०८३

लोकमानका विषयमा प्रकाशमान भन्छन् - ​कानुन विपरीत गएकालाई कांग्रेसको समर्थन हुँदैन



पहिलोपोस्ट

लोकमानका विषयमा प्रकाशमान भन्छन् - ​कानुन विपरीत गएकालाई कांग्रेसको समर्थन हुँदैन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान विरुद्धको महाभियोग विषयमा महाभियोग सिफारिस समितिको प्रतिवेदन आएपछि पार्टीको धारणा प्रष्ट हुने बताएका छन्। 

जुम्लामा नेपाली काग्रेसले गरेको कार्यक्रममा सिंहले कांग्रेस सिफारिस समितिको प्रतिवेदनको प्रतिक्षामा रहेको भन्दै प्रतिवेदन काग्रेसको अन्तिम निर्णय हुने बताएका हुन्।

त्यस्तै सिंहले नेपाली काग्रेस विधि र कानुनलाई पालना गर्ने पार्टी भएकाले कसैले पनि कानुनी राज्य विरुद्ध गए त्यसको साथ नदिने समेत बताए।

संसदमा लोकमानविरुद्धको महाभियोगमाथि मंगलबारबाट छलफल सुरु भइसकेको छ। बैठक मंगलबार नै १५ दिनका लागि स्थगित भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell