सिराहा : सिरहाको कर्जन्हा ८ मा मोटरसाइकल र गाडी एक आपसमा ठोक्कँदा एक जनाको मृत्यु भएको छ।
गएराती ना १ ज ५०१० नम्वरको गाडीले विपरित दिशामा आईरहेको स७ प ५०५२ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका कल्याणपुर कालावन्जरका १८ बर्षिय शेखरकुमार शर्माको घटनास्थलमै मृत्यु भएको छ।
त्यस्तै दुर्घटनामा घाइते भएका २१ बर्षीय मुकेशकुमार शर्माको उपचार भईरहेको प्रहरी जनाएको छ।