PahiloPost

Jun 15, 2026 | १ असार २०८३

​पेलेसँगै विश्वकप जितेका ब्राजिलका पूर्व कप्तान अल्बर्टोको निधन



पहिलोपोस्ट

सन् १९७० मा ब्राजिलले विश्वकप फुटबलको उपाधि जित्दाका कप्तान कार्लोस अल्बर्टोको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको छ। हृदयघातका कारण ब्राजिलको रियो दि जेनेरियोमा उनको निधन भएको हो।

पेलेसँगै सन् १९७० को विश्वकप उपाधि जित्ने क्रममा अल्बर्टोले इटली विरुद्वको फाइनल खेलमा गोल गरेका थिए।

विश्वकप जित्ने अहिलेसम्मकै उत्कृष्ट टीम मानिएको उक्त टीममा अल्बर्टोसँगै पेले, जर्जिन्हो, टोस्टाओ, रिभेलिनो जस्ता खेलाडी थिए।

राइट ब्याकमा खेल्ने अल्बर्टोले ५३ पटक ब्राजिलको दागि खेलेका थिए भने फ्लुमिनेन्स र सान्तोसबाट डोमेस्टिक कपको उपाधि जितेका थिए। 
सन् १९९८ मा २० औं शताब्दीको टीम अफ दि इअरमा अल्बर्टो परेका थिए।


१९७० को फाइनलमा अल्बर्टोले पेलेको पासमा यसरी गोल गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell