PahiloPost

Jun 15, 2026 | १ असार २०८३

भुजी रनिङ शिल्ड फुटबल : हुपिनचुली र चोचोङ क्वाटरफाइनलमा



पहिलोपोस्ट

भुजी (रामेछाप) : हुपिनचुली युनाइटेड र चोचोङ युथ क्लब रामेछाप जिल्लामा भइरहेको भुजी लिग रनिङ शिल्ड फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा हुपिनचुलीले माइक्रो हाइड्रो भुजीलाई ३–० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। 

भुजी मैदानमा भएको खेलमा हुपिनचुलीलाई सहज जित दिलाउन निर्मल सुनुवार। मनी सुनुवार र सरोज सुनुवारले १/१ गोल गरे।

चोचोङले प्रीतिको सरस्वती युथ क्लबलाई १–० गोलले पराजित गर्‌यो। चोचोङको जितमा कुमार माझीले खेलको १० औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो।

यस्तै लेसुखोला र काठमाडौंको बेथलेहेम युथ क्लब पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्। नकआउट चरणको खेलमा लेसुखोलाले सुनुवार युनाइटेडलाई ४–० को फराकिलो अन्तरले पराजित ग¥यो। लेसुखोलाको जितमा हेरुन मगरले २ तथा उजन लामा र अमृत लामाले १/१ गोल गरे।

बेथलेहेमले आयोजक लिखु भुजी रामेछाप युथ क्लबलाई २–० ले स्तब्ध पार्‌यो।  बेथलेहेमको जितमा खेलको सुवास सुनुवार र अमिर सुनुवारले १/१ गोल गरे।

बुधबार हुने खेलपछि क्वार्टरफाइनल पुग्ने अन्य ४ टोलीको टुंगो लाग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell