PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कांग्रेस सभापति देउवा भारत जाँदै



पहिलोपोस्ट

कांग्रेस सभापति देउवा भारत जाँदै

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार दिने भारत भ्रमणमा जाने भएका छन्।  आगामी १९ गते देउवा भारत भ्रमणमा जान लागेका हुन्।

इन्डिया फाउण्डेसनको गोवामा हुने कार्यक्रममा सहभागि हुन देउवा त्यस्तर्फ जान लागेको देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

'इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागी हुन कात्तिक १९ गते भारत जान लाग्नुभएको छ,' स्वकीय सचिव देउवाले भने, 'उहाँ गोवामा हुने कार्यक्रममा सहभागी भएर पुनः दिल्ली पनि गएर राजनीतिक भेटघाट गर्नुहुने छ।' उनले राजनीतिक भेटघाट को-कोसँग हुनेभन्ने बारेमा भने खुलाएनन्।

देउवा भ्रमण सकेर २३ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोगबारे छलफल जारी रहेको स‍ंसद कात्तिक २५ गतेसम्मका लागि स्थगित भइसकेको छ। संसद बैठक बस्नुअघि नै उनी स्वदेश फर्कने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell