PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​फोटोमा हेर्नुस् सिंहदरबार अगाडि विद्युत पोलमा भएको आगलागी



पहिलोपोस्ट

​फोटोमा हेर्नुस् सिंहदरबार अगाडि विद्युत पोलमा भएको आगलागी

काठमाडौँ : सिहदरवार नजिकै अनामनगर चोकमा बिहान साढे ११ बजे भागदौड मच्चियो। वस्ती र बजार रहेको क्षेत्रको विद्युत सर्ट भएर पोलमा आगलागी भएपछि खैलाबैला मच्चियो। पोलमा लागेको आगो नियन्त्रण कसरी गर्ने भन्ने अन्यौलमा स्थानिय परे।

आगो सल्कदैँ टेलिफोन, केवलका तारसमेत जलेर नष्ट भए। आगो अगाडि बढ्ने संकेत देखेपछि स्थानिय आत्तिए। तर स्थानियले खबर गरेपछि केहिबेरमा नै पुगेको बारुण यन्त्रले आगो नियन्त्रणमा लियो। यस क्षेत्र वरिपरी विद्युत र इन्टरनेट सेवा बन्द छ।

हेर्नुस् जीवन पराजुलीले खिचेका फोटोहरु-





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell