PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

मध्य अफगानिस्तानमा आइएस आक्रमणबाट ३० नागरिकको मृत्यु



पहिलोपोस्ट

मध्य अफगानिस्तानमा आइएस आक्रमणबाट ३० नागरिकको मृत्यु

काबुल (अफगानिस्तान) : मध्य अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध लडाकुको आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ।

अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मङ्गलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशासक नसीर खोजेहले बताए।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले सञ्चालन गरेको कारबाहीमा दायस समूहका कमाण्डरको मृत्यु भएपछि विद्रोहीले स्थानीय नागरिकलाई निसाना बनाएर आक्रमण गरेका थिए। स्थानीयले बुधबार बिहान स्थानीय नागरिकका ३० मृत शरीर भेटेपछि यो खबर प्रशासनलाई गरेका थिए।

यद्यपि दायस समूहले समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी भने लिएको छैन। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell