PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

युएईबाट आएको विमान लखनउ, पारोबाट आएको विमान दिल्ली डाइभर्ट गराउने चमेरो



उमेश पौडेल

युएईबाट आएको विमान लखनउ, पारोबाट आएको विमान दिल्ली डाइभर्ट गराउने चमेरो

काठमाडौँ : बुधबार बिहान युएईबाट उडेको एयर अरेबियाको विमानको गन्तव्य थियो- काठमाडौँ। तर त्यो विमान काठमाडौँ हैन भारतको लखनउतिर मोडियो। 

त्यसैगरी भुटानको पारोबाट काठमाडौँका लागि उडेको विमान दिल्लीतर्फ डाइभर्ट भयो। 

कारण थियो चमेरो। जिउँदो हैन मरेको। धावनमार्गमा सिसाको टुक्रा भेटिएपछि बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टा बन्द भएको थियो।
 
बिहान आठ बजेर ४८ मिनेट जाँदा धावनमार्गमा सिसाको टुक्रा देखिएपछि विमानस्थल नौ बजेर ४६ मिनेटसम्म बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

सिसाको टुक्रासँगै  रनवेमा एउटा मरेको चमेरो समेत भेटिएको उनले बताए। चमेरो विमानसँग ठोकिएको र प्लेनको लाइटको सिसा फुटेको हुनसक्ने अनुमान छ।
 
'के कारणले धावनमार्गमा सिसाको टुक्रा आइपुग्यो त्यसको अनुसन्धान भइरहेको छ' ठाकुरले भने 'विहान उडान भएका विमानहरुसँग कुरा भइरहेको छ के कारणले घटना भयो पत्ता लागेको छैन।'

विहान एक घण्टा विमानस्थल बन्द भएपनि त्यसपछि नियमित रुपमा सेड्युल्ड फ्लाइट भइरहेको र अहिले कुनै अवरोध नरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell