काठमाडौँ : अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाभियोग र संविधान संशोधनका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेबाट तीन दलले छलफल गर्न लागेका हुन्।
अख्तियार प्रमुख कार्की विरुद्धको महाभियोग दर्ता गर्दा सत्तारुढ नेकपा माओवादी केन्द्र र विपक्षी नेकपा एमाले एक ठाउँमा उभिएपछि कांग्रेस संशकित बन्दै आएको छ।
त्यस्तै मधेस केन्द्रीत दलहरुले उठाउँदै आएका मागहरुलाई समेट्न संविधान संशोधनका विषयमा नेकपा एमालेले पटक पटक सत्तारुढ दलहरुसँग औचित्य पुष्टिको माग गर्दै आएको छ।
यी दुइ विषयमा तीन दलले छलफल गर्न लागेको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए।