PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

महाभियोगले नजिक्यायो शीर्ष नेतालाई : प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा बैठक, के भयो कुरा?



मनोज सत्याल

महाभियोगले नजिक्यायो शीर्ष नेतालाई : प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा बैठक, के भयो कुरा?

काठमाडौँ : अख्तियार प्रमुख लोकमानसि‌ह कार्कीलाई महाभियोग लगाउने विषयसँगै प्रमुख तीन दलका शीर्ष नेता नजिकिएका छन्। नयाँ सरकार गठन भइसकेपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दुई दल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली आज बैठक बस्यो। 

बैठकमा तीन शीर्ष नेताबाहेक अरुको उपस्थिति थिएन। 

बैठकपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै एमाले अध्यक्ष ओलीले चार विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार महाभियोग, निर्वाचन, संविधान कार्यान्वयन र संविधान संशोधनको विषयमा छलफल भएको हो।

'संविधान कार्यान्वयन कसरी गर्ने, संविधान संशोधन गर्ने कि नगर्ने, गर्ने भए के गर्ने कसो गर्नेमा छलफल भयो', ओलीले भने। 

कांग्रेस सभापति देउवाले भने मूलतः संविधान कार्यान्वयनको विषयमा छलफल भएको बताए। उनले संविधान संशोधन नगरी कार्यान्वयन सम्भव नभएको भन्दै यसका लागि मधेसी दलहरुसँग छलफल गर्नुपर्ने विचार राखेको जानकारी दिए। 

महाभियोगको विषयमा सोधिएको प्रश्नमा उनले भने, पार्टीको निर्णय भएको छैन। हाम्रो पार्टीले प्रक्रिया पुर्‍याएर बयान/अभियोग हेर्नुपर्छ। समिति फेरि न्यायिक समिति भएकाले निर्णय हाम्रो संसदीय दलले गर्ने भएकोले मैले भन्ने कुरा भएन।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell