PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा असिम र फुलमाया च्याम्पियन



पहिलोपोस्ट

​राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा असिम र फुलमाया च्याम्पियन

काठमाडौं : राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा सप्तरीका असिम यादव र नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले स्वर्ण जितेका छन्। 

व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफलमा पुरुषतर्फ असिम र महिलातर्फ फुलमाया पहिलो भएका हुन्।

ातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १७५ अंक जोड्दै शीर्ष स्थान हात पारे। १७४ अंकमा सुनसरीका टीकाराम श्रेष्ठ दोश्रो र १५५ अंकमा नेपाल प्रहरीका हरिबहादुर थापा तेश्रो भए।

२०० पूर्णाङ्ककै महिला फाइनलमा फुलमायाले सर्वाधिक १९२ अंक जोडिन्। १८५ अंकसाथ अस्मिता राई दोश्रो र १६५ अंकसाथ दुर्गा सिन्जाली तेश्रो स्थानमा रहे। शीर्ष दुई स्थान हात पार्ने खेलाडी पनि प्रहरीकै हुन्।

एयर राइफलकै पुरुष टिम इभेन्टमा नेपाल प्रहरी पहिलो, दाङ दोश्रो तथा नेपाल आर्मी तेश्रो बने। सोही स्पर्धाको महिलामा प्रहरी पहिलो, आर्मी दोश्रो र दाङ तेश्रो भए।

विजेतालाई आयोजक नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठलगायतले पुरस्कृत गरे। चारदिने प्रतियोगितामा समान २८–२८ पुरुष÷महिला गरी ५६ खेलाडीले एयर राइफलतर्फ विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell