PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

​इएफएल कप : सिटीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरमा, वेष्टहमसँग हारेपछी चेल्सी बाहिरियो



पहिलोपोस्ट

​इएफएल कप : सिटीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरमा, वेष्टहमसँग हारेपछी चेल्सी बाहिरियो

म्यानचेष्टर डर्बी भिडन्तमा सिटीलाई पराजित गर्दै युनाइटेड इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप अन्तर्गत गएराती घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलेल सिटीलाई १-० गोल अन्तरले हरायो। 

नियमित कप्तान वायन रुनी र कार्यवाहक कप्तान क्रिस स्मालिङ बिना माइकल क्यारिकले कप्तानी गरेको खेलमा युनाइटेडका लागि हुवाँ माटाले निर्णायक गोल गरे।

इएफएल कपमा जितसँगै युनाइटेडले प्रिमियरलिगको चौथो चरणमा बेहोरेको हारको बदला समेत लिएको छ। लिगमा युनाइटेड घरेलु मैदानमै सिटीसँग २-१ ले हारेको थियो।

यस्तै प्रिमियर लिगमा गएपछि जोसे मोउरिन्होले पनि पहिलो पटक पेप गोर्डिओलालाई पराजित गर्न सफल भएका छन्।

इएफएल लिग अन्तर्गत नै अर्को खेलमा वेष्टहम युनाइटेडसँग हारेपछि चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ। वेष्टहमले घरेलु मैदानमा चेल्सीलाई २-१ ले हरायो। 

वेष्टहमको जितमा चेइकोउ कोयट र एडिमिल्सन फर्नान्डेजले १/१ गोल गरे। चेल्सीका ग्यारी काहिलले खेलको अन्त्यतिर एक गोल फर्काएपनि हार टार्न सकेनन्।

यता साउदह्याम्पटन सण्डरल्याण्डलाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा उसलाई जित दिलाउन सोफियन बोउफलले निर्णायक गोल गरे।

यससँगै इएफएल कपको क्वाटरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ।

क्वाटरफाइनलमा म्यानचेष्टर युनाइटेडले वेष्टहम युनाइटेडसँग घरेलु मैदानमा खेल्नेछ भने लिभरपुलले पनि घरेलु मैदानमै लिड्स युनाइटेडसँग खेल्नेछ। 
यस्तै हल सिटीले घरेलु मैदानमा न्युकासल युनाइटेडसँग खेल्नेछ भने आर्सनलले घरेलु मैदान साउदह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell