PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

​कोपा डेल रे : 'बिबिसी' बिनाको रियल मड्रिडले लेओनसालाई ७-१ ले हरायो



पहिलोपोस्ट

स्पानिस कोपा डेल रे को अन्तिम ३२ को पहिलो लेगको खेलमा रियल मड्रिडले शानदार जित हासिल गरेको छ। बिबिसी अर्थात बेल, बेन्जामा र रोनाल्डो बिनै मैदान उत्रेको रियलले लेओनसालाई उसैको मैदानमा ७-१ ले पराजित गरेको हो।

रियलको सहज जितमा अल्भारो मोराटा र मार्को असेन्सिओले समान २ गोल गरे भने नाचो फर्नान्डेज र मारिअनो मेजिअले १/१ गोल गरे। लेओनसाका गिएनी जुइभेरलुननले एक आत्मघाती गोल उपहार दिएका थिए।

लेओनसाका लागि बेन्जाले एक सान्त्वना गोल फर्काए। रियल र लेओनसाबीचको दोस्रो लेगको खेल नोभेम्वर ३० मा रियलको मैदान सान्टियागो वर्नाबेउमा हुनेछ। अन्तिम ३२ का अन्य १५ खेलको पहिलो लेग पनि नोभेम्वर ३० मै हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell