PahiloPost

May 15, 2025 | २ जेठ २०८२

​नेपालले जापान फ्रेण्ड्ससँग च्यारिटी फुटबल खेल्ने, विश्वकप खेलेका खेलाडी आउने, टिकट १००० र १५००



पहिलोपोस्ट

​नेपालले जापान फ्रेण्ड्ससँग च्यारिटी फुटबल खेल्ने, विश्वकप खेलेका खेलाडी आउने, टिकट १००० र १५००

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली र जापानका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित फ्रेण्ड्स अफ जापान टोली बीच च्यारिटी फुटबल म्याच आयोजना हुने भएको छ। 

नेपाल र जापानबीच दौत्य सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा आगामी नोभेम्वर १९ मा एन्फा कम्प्लेक्स सातदोबाटोमा उक्त खेल हुनेछ।
अखिल नेपाल फुटबल संघ एन्फा र जापानिज एनजिओ कलरवर्थको सहकार्यमा उक्त खेल हुन लागेको हो।

च्यारिटी फुटबलका लागि जापानबाट कुल १६ खेलाडी नेपाल आउनेछन्। जसमा सन् २००२ को विश्वकप फुटबल खेलिसकेका तोदा काजुयुकी समेत रहनेछन्। जापानिक शीर्ष डिभिजनको जे लिग समेत खेलेका काजुयुकी लगायतका टोली नोभेम्वर १७ मा नेपाल आउनेछन्। 

जापानबाट आउने अन्य खेलाडीहरु जे लिग र विभिन्न राष्ट्रका लिगबाट खेल्ने खेलाडीहरु रहेका छन्।

यसअघि नै च्यारिटी म्याचको आयोजना गर्ने योजना रहेपनि आवश्यक पूर्वाधारको अभावमा गर्न नसकेको र अहिलेपनि दशरथ रंगशाला खेल आयोजना गर्न लायक नरहेकोले एन्फा कम्प्लेक्सकमा खेल गर्न लागेको एन्फाका सिईअो इन्द्रमान तुलाधरले बताए।

च्यारिटी म्याचको लागि एक हजार र १५ सयको टिकटको व्यवस्था गरिएको छ। उक्त म्याचबाट संकलित रकम भूकम्पबाट क्षती पुगेको स्थानमा खर्च गरिनेछ।

यस्तै जापानबाट आउने खेलाडीहरुले भुकम्पले क्षती पुर्याएका इतिहासिक स्थानमहरुको समेत भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ।

यी हुन् जापानबाट अाउने खेलाडीहरु :



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell