PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

​गभरनर्स गोल्डकप : कर्ण लिम्बु पेनाल्टीमा चुके, झापा एघार उपविजेता



पहिलोपोस्ट

​गभरनर्स गोल्डकप : कर्ण लिम्बु पेनाल्टीमा चुके, झापा एघार उपविजेता

नेपालको झापा एघार भारतको सिक्किममा सम्पन्न ३६ औं गभरनर्स गोल्डकप फुटबल प्रतियोगितामा उपविजेता बनेको छ।

विहिबार भएको फाइनलमा कर्ण लिम्बु पेनाल्टीमा गोल गर्न असफल हुँदा झापा मोहम्मेदन स्पोर्टिङ क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो।

गोन्तोकस्थित पालजोर स्टेडियममा भएको फाइनल खेलको १६ औं मिनेटमा मनभिर सिंहले गोल गर्दै भारतीय टोलीलाई अग्रता दिलाए। 

एक गोलले पछि परेपनि पहिलो हाफको इन्जुरी टाइममा झापाले पेनाल्टी प्राप्त गर्यो। तर कर्ण लिम्बुले पेनाल्टीमा गोल गर्न नसक्दा झापाले बराबरी गर्ने मौका गुमायो, जुन झापाको लागि हारको कारण बन्यो।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसक्दा मोहम्मेदन स्पोर्टिङ क्लब १-० ले विजयी हुँदै च्याम्पियन बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell