काठमाडौं : सेवा र सुविधा खोज्दै पहाड बाट तराई झर्नेको सँख्या बढेसँगै तराईमा जग्गाको भाउ बढ्नु निरन्तर बढिरहेको छ। पहाडबाट झर्ने बित्तिकै पुगिने तराईका कतिपय ठाउँमा सरकारले कट्ठाको एक करोड ३० लाख रुपैयाँसम्म मूल्याङ्कन गरेको छ।
त्यहाँ चलेको बजार मूल्य भने सरकारले तोके भन्दा कैयौँ गुणा महङ्गो भइसकेको छ।
सबैभन्दा महङ्गो चितवन
चितवन जिल्लाको भरतपुर नगर क्षेत्रमा आर्थिक वर्ष २०७३/०७४ को सरकारी मूल्याङ्कन प्रति कठ्ठा एक करोड ३० लाख रुपैयाँ रहेको छ। बजारको मुख्य क्षेत्रमा सरकारी मूल्याङ्कन त्यति भए पनि कैयौँ गुणा महङ्गोमा कारोवार हुने गरेको छ।महेन्द्र राजमार्ग र नारायणगढ मुग्लिन सडकसँग जोडिएका अधिकांश ठाउँमा प्रति कट्ठा ४० लाख रुपैयाँ भन्दा माथि मूल्याङ्कन गरिएको छ।
सुदुरपश्चिममा आकाशिँदो धनगढी
धनगढी उपमहानगरपालिका सुदुरपश्चिमको सबैभन्दा चल्तिको केन्द्र हो। यहाँको जमिन ७१ लाख रुपैयाँ प्रतिकट्ठासम्म सरकारी मूल्याङ्कन भएको मालपोत कार्यालय धनगढीका अधिकृत करण सिंह ठगुन्नाले बताए।कैलालीका अन्य ठाउँहरु पनि महँगा छन्। टीकापुर नगरपालिकामा ४० लाख प्रति कट्ठासम्म मूल्याङ्कन गरिएको छ भने राजमार्ग सँगै जोडिएको लम्की, सुखड, अत्तरिया लगायतका बजारमा ५० लाख रुपैयाँ प्रति कट्ठासम्म मूल्याङ्कन गरिएको छ।