PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सरकारको समर्थन फिर्ता हुनसक्छ : राजेन्द्र महतो



पहिलोपोस्ट

सप्तरी : सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गरेका छन्।
 
सप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिए।
 
‘संविधान संशोधनमार्फत् मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिनेछ,’ उनले भने।
 
सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell