PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​लाखौंसहित जुवाखालबाट १३ पक्राउ



पहिलोपोस्ट

काठमाडौं : प्रहरीले जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलस्थित हिमालय होटेलको भूई तलामा जुवातास खेलाइरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा होटलले संचालक धादिङ घर भएका २९ वर्षीय ध्रुव अधिकारी, २० वर्षीय सजन अधिकारी, प्रकाश अधिकारी, रामप्रसाद सिम्खडा, पुस्कर घिमिरे, कुमार थपलिया, मिलन थापा, सन्तोष विक्रम अधिकारी लगायत रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ६ लाख उन्नाइस हजार नेपाली रुपैयाँ, जापानी ऐन १ लाख, अस्टेलियन डलर २ सय २०, ओमन रिङकन ७ सय २५ बरामत गरेको छ। त्यस्तै कोडा १६ थान समेत बरामत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell